लायन्सको रक्तदानमा ३८ युनिट

समाधान संवाददाता २०७५ चैत ३ गते ८:३८

समाधान

लायन्स क्लब अफ पोखरा पिस चौतारी, पिस होम सप्त गण्डकी, पिस देउराली र लियो क्लब अफ पिस चौतारीको संयुक्त आयोजनामा भएको रक्तदानमा ३८ युनिट रगत संकलन भएको छ ।

शनिबार चिप्लेढुंगामा भएको रक्तदान लायन्स क्लब अफ पोखरा पिस चौतारी अध्यक्ष डा. भवानीशंकर पौडेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पिएमसिसी दीप श्रेष्ठ, विनोद ढुंगाना, दुर्गाप्रसाद हुमागार्इँ, रिजन चियर पर्सन डोलराज पोख्रेल, जोन चियर पर्सन पवित्रराज तिवारी, चिनु गुरुङले मानवसेवामा लायन्सको योगदान सधैं अग्रस्थानमा हुनुपर्ने बताए ।

कार्यक्रममा सविता रंजित, लक्ष्मी केसी, धु्रवमणि लामिछाने, दीपक श्रेष्ठ, कार्यक्रम संयोजक प्रेम दाहाल र पिस चौतारीका सचिव विनायक रंजित लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया