मजदुरमैत्री कानुन बनाउने प्रतिबद्धता

समाधान संवाददाता २०७५ चैत ३ गते ८:४०

समधान संवाददाता

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामो दूरी तथा मिनीबस इकाई समितिले शनिबार सदस्य यातायात मजदुरका लागि निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा २ सय १५ जना बिरामीको मधुमेह र मिर्गाैलाको परीक्षण गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिविरको उद्घाटनपछि यातायात क्षेत्रको कानुन बनाउँदा मजदुरको हकहितको रक्षालाई ख्याल गर्ने बताए । ‘सबै सरोकारवालाको समन्वय र सहकार्यमा मजदुरमैत्री कानुन बनाइने छ,’ मन्त्री बस्नेतले भने, ‘मजदुर विरोधी कानुन बनाइने छैन । कानुन बनाउँदा मजदुरको हित र रक्षा गरिने छ ।’ गण्डकी प्रदेश सरकारले यातायात क्षेत्रको विधेयक प्रदेशसभामा छलफलको लागि प्रस्तुत गरेको बताए । उनले रोग लाग्नभन्दा अगावै सचेतना र सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

Advertisement

पश्चिमाञ्चल सामुदायिक अस्पतालका डा. युक्तनारायण रेग्मीले मधुमेहका बिरामीमध्ये ५ प्रतिशतको मात्र लक्षण देखिने जानकारी दिए । ९५ प्रतिशत मधुमेहका बिरामीमा कुनै पनि लक्षण नदेखिने उल्लेख गर्दै उनले मधुमेहको कारण मिर्गाैलाको खराब हुने बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर खत्री, यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष कर्णसिं गुरुङ, केन्द्रीय सचिव विष्णुबहादुर पराजुली, संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, इकाइ समितिका अध्यक्ष श्यामकुमार बजगार्इँ, उपाध्यक्षमा खेमबहादुर भुजेल, सचिव शिवचन्द्र काफ्ले, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका सचिव मेघराज त्रिपाठी, पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरिप्रसाद पाण्डे लगायतले बोलेका थिए । यसैबीच सवारी दुर्घटनमा घाइते भएका टिकाराम अधिकारी, रामचन्द्र पौडेल, मदनकुमार जलारी लगायतलाई आर्थिक सहयोग गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया