पाठ्यक्रमका त्रुटि कसले सच्याउने ?

समाधान
मानवअधिकार निगरानी समूह फेदीखोला गाउँपालिकाको आयोजनामा स्याङ्जास्थित गाउँपालिकामा शिक्षक अभिभावक र विद्यार्थीबीच अन्तत्र्रिmया भएको छ ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन र विद्यालयमा शैक्षिक गुणस्तर बढाउन कार्यक्रम ल्याइएको फेदीखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भगवान ढकालले बताए ।
उनले अन्तत्र्रिmयाबाट आएका सुझावलाई आगामी वर्षको नीति तथा योजना समेट्ने प्रतिबद्धता व्यक्त गरे । सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर कार्कीले स्थानीय तह आए पनि सोचेअनुरुपको काम हुन नसकेको गुनासो गरे । ‘स्थानीय तह सरकारको रुपमा त आयो तर सोचेअनुरुप भएन, विद्यालय अनुगमन हुन छोड्यो कसले गर्ने हो थाहा छैन,’ उनले भने ।
दामगाडे माविका प्रधानाध्यापक दिवाकर सुवेदी प्राविधिक शिक्षामा जोड दिए । मानव अधिकार निगरानी समूह सदस्य रामजीप्रसाद पौडेलले विद्यार्थीले अध्ययन गरिरहेको पाठ्यक्रमलाई सुधार गर्नुपर्ने धारणा राखे । उनले भने, ‘थुप्रै विषयका पाठ्क्रममा त्रुटि रहेको छ । त्यसलाई कसरी सच्याउने भन्नेतर्फ सबैको ध्यान जानुपर्दछ ।’
सिद्धार्थ माविका प्रधानाध्यापक मनोजकुमार शर्माले विद्यालयमा आवश्यक दरबन्दी शिक्षक नहुँदा समस्या परेको बताए ।
मानवअधिकार निगरानी समूहका अध्यक्ष लेखनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सवनम शर्माले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याइन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया