गण्डकीका एकै दिन ३ शाखा

समाधान संवाददाता
गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको सुकुलढोकामा गरी ३ वटा शाखा एकै दिन सुरुआत गरेको छ । इमाडोल शाखा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, कलंकी शाखा काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र सुकुलढोका शाखा भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीले उद्घाटन गरे ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँमा गरी ७७ वटा शाखा कार्यालयमार्फत आकर्षक ब्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सिआस्वा, आइपिएस, मोबाइल बैंकिङ, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । प्रधान कार्यालय लगायत केही शाखाबाट ३ सय ६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आएको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ ।
बैंकले आगामी दिनमा समेत शाखा सञ्जाल विस्तार गर्दै ग्रामीण स्तरका जनतालाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ । २०७५÷७६ को दोस्रो त्रैमासमा सञ्चालन नाफा करिब ४१ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप २६ अर्ब १९ करोड र कर्जा र्फ रु.२३ अर्ब ३८ करोड पु¥याएको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया