लायन्स उम्मेदवार आचार्यको सचिवालय

समाधान संवाददाता २०७५ चैत ३ गते ८:५२

समाधान

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न सातौं महाधिवेशनका लागि सेकेन्ड भाइस गभर्नरका उम्मेदवार विश्वेश्वर आचार्यको चुनावी प्रचारका लागि सचिवालय स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमबीच न्युरोडस्थित नोभेल एकेडेमी परिसरमा सचिवालय स्थापना गरिएको हो ।

उम्मेदवार आचार्यसहित लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पूर्वअध्यक्षहरुले संयुक्त रुपमा सचिवालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै आचार्यले अग्रज तथा समकालीन लायन्स लिडरहरुसँगको परामर्शबाट लायन वर्ष २०१९÷२० का लागि सेकेन्ड भाइस गभर्नरको उम्मेदवारी प्रस्तुत गरेको बताए ।

Advertisement

पोखरा, काठमाडौं र मोफसलका लायन्स क्लबहरुको भ्रमण गर्ने क्रममा आफ्नो पक्षमा उत्साहजनक समर्थन प्राप्त गरेको बताउँदै आचार्यले जीत सुनिश्चित भएको दाबी गरे । लायन्सको क्याबिनेट सेक्रेटरी लगायत प्रत्येक वर्ष विभिन्न पदीय जिम्मेवारी बहन गरेका आचार्य २० वर्षदेखि सामाजिक काममा दत्तचित्त भएर लागेका छन् । आचार्य लायन्सहरुका बीचमा अति लोकप्रिय लिडरका रुपमा चिनिन्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया