३ सय ७ पशुको निशुल्क उपचार

समाधान संवाददाता २०७५ चैत ३ गते ८:५७

समाधान

युवालाई व्यावसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यबारे जानकारी दिने लक्ष्यसहित पोखरा महानगरपालिका वडा नम्बर ३३ मा पशु स्वास्थ्य शिविर भएको छ । शिविर बाघमारा र भरतपोखरी गरी २ ठाउँमा सञ्चालन गरिएको थियो । स्थानीय वासीले ३०७ पशुको निःशुल्क उपचार गराएका छन् । ७ गाई, ४४ भैंसी, २२१ बाख्रा, १९ कुकुर, ११ खसीको उपचार गरिएको थियो ।

परिवर्तनका लागि सहयोग भन्ने मूल नाराका साथ पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजना र पोखरा महानगरपालिका वडा नम्बर ३३ को सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविर कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको सभाध्यक्ष सञ्चालन भएको थियो । वडा अध्यक्ष शिवप्रसाद आचार्यले उक्त कार्यक्रम सफलपूर्वक सम्पन्न बनाउन जनप्रतिनिधिहरुको साथ र सहयोग सधै रहने बताए ।

Advertisement

कार्यक्रममा वडा सदस्य दीपक लामिछाने, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा. विदुर पाख्रीन, डा. निरन अधिकारी, डा. श्वेता घिमिरे, कार्यसमितिका सदस्य भरत अधिकारी उपस्थित भई सेवा प्रदान गरेका थिए ।

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा. विदुर पाख्रिनले ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालनले धेरै स्थानीय समुदायका किसानलाई फाइदा पुगेको र यस्ता पशु स्वास्थ्य शिविरले आफूलाई धेरै सजिलो भएको स्थानीय सेवाग्राहीले बताएका छन् ।

Advertisement

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका तालिम संयोजक भरत पोखरेलले वर्षमा ४ पटकसम्म ३÷३ महिनाको अन्तरमा पशुहरुलाई परीक्षण गरी औषधी खुवाइएमा उक्त स्वस्थ हुने बताए ।

तपाईको प्रतिक्रिया