मुस्ताङमा खाद्य सुरक्षा बिषयक दुई दिने कार्यशाला सुरु

सुन्दरकुमार थकाली
मुस्ताङ
मुस्ताङमा दुई दिने खाद्य सुरक्षा बिषयक कार्यशाला सुरु भएको छ । स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा राजमार्गका रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानीकार्यलाई लक्षित गर्दै कार्यक्रम गरिएको हो ।
सर्वसाधारण तथा जिल्ला भित्रिने आम पर्यटककोे स्वास्थ्य अवस्थालाई लक्षित गरेर कार्यक्रम आयोजना भएको स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए । उनले सर्वसाधारणको स्वास्थ्यको रक्षाका लागि स्थानीयतह बढी जवाफदेही रहनु पर्ने बताएका छन् । कार्यशालामा मुस्ताङका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक समाज, सुरक्षाकर्मी, रेडक्रस र पत्रकारहरुको उपस्थिती थिए ।
कार्यशालाको शहजीकरण गर्दै बिभागका उपसचिव ज्ञवालीले स्वास्थ्य जस्तो संम्वेदनशील बिषयमा उपभोक्तानै सचेत रहनु पर्ने सुझाए । खाद्य सुरक्षालाई प्रभावकारी बनाउन खानाका परिकारमा हुने बिभिन्न सक्रमण र त्यसका उपायका बारेमा उपसचिव ज्ञवालीले जानकारी गराए । उनका अनुसार खाद्यमा समाधानी नअपनाउदा मानव स्वास्थ्यलाई बिभिन्न हानी नोक्सानी पुर्याउने उनको भनाई थियो । बिषेशगरी खानामा किटाणु, प्रयोग गरिएका केमिकल र ब्याक्टेरिया जस्ता भाईरसले मानव स्वाथ्यलाई प्रतिकुल बनाउने उल्लेख गर्दै खाख् पदार्थको भण्डारण घाम लाग्ने खुल्ला स्थानमा हुनपुर्ने उनको भनाई थियो ।
कार्यशालामा खाद्य सुरक्षाका लागि उपभोक्ताले सम्भाव्य जोखिमको पहिचान गर्नुपर्ने सुझाए । बजार अनुगमन तथा खाद्य सुरक्षाको प्रत्याभुती दिलाउन नेपाल सरकार खाद्य सुरक्षा तथा गुणस्तर कार्यालयले गर्ने जानकारी दिए ।
कार्यशालाका सहभागीहरुले खाद्य सुरक्षा संम्वन्धि बिभिन्न जिज्ञासा राखेका छन् । कार्यशाखा समापन सोमबार सकिने घरपझोङ गाउँपालिका स्वास्थ्यकर्मी कर्ण थकालीले जानकारी दिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया