महायज्ञको दानबाट एम्बुलेन्स

राजन उपाध्याय
महायज्ञ गरी संकलन गरिएको पैसाले एम्बुलेन्स सञ्चालन गरिएको छ । तनहुँको भिमाद नगरपालिका १ र २ नंं वडामा पर्ने किहुँ र उड्सिङ भन्ज्याङमा एम्बुलेन्स सञ्चालन गरिएको हो । उड्सिङ भञ्ज्याङमा साउन २८ देखि भदौ ५ गतेसम्म एम्बुलेन्स खरिद एवं सञ्चालनार्थ श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गरिएको थियो ।
महायज्ञमा करिब ३५ लाख रुपैयाँ संकलन भएको थियो । ४० लाख २० हजार रुपैयाँ पर्ने एम्बुलेन्स भन्सार छुटसहित १० लाख २० हजार ५ सय रुपैयाँमा खरिद गरिएको छ । सडक सञ्जाल जोडिएको २ दशकपछि एम्बुलेन्स ल्याइएको हो । अब बिरामी र सुत्केरीलाई तत्काल अस्पतालसम्म ल्याउन सहज भएको भिमाद १ का वडाध्यक्ष सोमनाथ शर्माले बताए । नगरको मुकाम भिमाद बजारमा समेत पर्याप्त एम्बुलेन्स नहुँदा यस क्षेत्रका स्थानीयलाई आकस्मिक उपचारमा समस्या हुनेगरेको थियो । ‘एम्बुलेन्स सेवा नहुँदा यहाँका धेरै बिरामीले अकालमै ज्यान गुमाउनु परेको थियो । जिप रिजर्भमा बोलाए पनि घण्टौं कुर्नुपर्ने र चर्को मूल्य तिनुपर्ने बाध्यता थियौं,’ वडाध्यक्ष शर्माले भने, ‘अब यातायात अभावमा अस्पताल पुग्न ढिलो भएकै कारण ज्यान जोखिममा पर्ने छैन ।’
२ एम्बुलेन्स खरिद गर्ने भनिए पनि हाल एउटामात्रै खरिद गरेको वडा नं. २ का अध्यक्ष भवानीशंकर लम्साल बताए । ‘खरिदमात्र गरेर जिम्मेवारी पूरा हुँदैन,’ उनले थपे, ‘सञ्चालन खर्च पनि धेरै आउने भएकाले तत्काललाई एउटा मात्र खरिद गरिएको हो ।’ वडासँगै वरपरका स्थानीयको आकस्मिक उपचारमा एम्बुलेन्स उपयोग गरिने उनले उल्लेख गरे ।
किहुँ अरुणोदय स्वास्थ्य परोपकार संस्थाले एम्बुलेन्स सञ्चालन गर्ने छ । संस्थाले २ वडाका स्वास्थ्य चौकीसम्म बिरामी पु¥याएको ५ सय रुपैयाँ र पोखरासम्मको ३ हजार रुपैयाँ भाडादर तोकेको छ । आवश्यकता अनुसार भाडादर फेरबदल हुने समितिले जनाएको छ । पारदर्शीताका लागि एम्बुलेन्समै भाडा दर टासिएको छ ।
भिमाद बजारबाट किहुँ १७ किलोमिटर पश्चिमतर्फ पर्छ । शनिबार सुरु गरिएको एम्बुलेन्स आइतबारै घाइतेलाई लिएर पोखरा गएको छ ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया