दलितको सट्टा सिल्पी भनौं

समाधान संवाददाता २०७५ चैत ४ गते ९:००

समाधान संवाददाता

दलित समुदायको पहिचानलाई सकरात्मक बनाउनका लागि शिल्पी समुदाय नामाकरण हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

संंघीय समाजवादी पार्टी नेपालले शनिबार बेलचौतारामा आयोजना गरेको तनहुँका दलित समुदायसँग शब्द परिवर्तनका लागि अन्तरक्रियाका वक्ताले यस्तो बताएका हुन् । दलित शब्दले विभिन्न जातिको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दैे उनीहरुले समय अनुसार परिवर्तन गर्नुपर्ने औंल्याए ।

Advertisement

समाजवादी पार्टी नेपालले शनिबार बेलचौतारामा आयोजना गरेको तनहुँका दलित समुदायसँग शब्द परिवर्तनका लागि अन्तरक्रियाका वक्ताले यस्तो बताएका हुन् । दलित शब्दले विभिन्न जातिको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दैे उनीहरुले समय अनुसार परिवर्तन गर्नुपर्ने औंल्याए ।

संघीय समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश अध्यक्ष दीपक तामाङले दलित शब्दलाई विस्थापन गर्न सम्बन्धित समुदायले चासो दिनुपर्ने बताए । ‘दलित शब्दले यस समुदायलाई सम्मानित महसुस गरेको पाइएन,’ उनले भने, ‘त्यसैले शब्द परिवर्तनमा पार्टीले एजेन्डा बनाएको हो ।’

Advertisement

अर्का नेता सोमबहादुर नेपालीले पार्टीको भातृ संस्थाकोको सिल्पी महासंघ नेपाल गठन गरिएको जानकारी दिदै अब सबै दलित समुदाय सिल्पी समुदायको रुपमा परिचित हुन आवश्यक रहेको बताए । ‘हाम्रो पहिचान सीप हो, इतिहासमा हामीलाई सिल्पीकार समुदायको नामले नै नामाकरण गरिएको पाइयो,’ उनले थपे, ‘अब सिल्पी समुदायको पहिचानमा लाग्नु जरुरी छ ।’ सीपका धनी समुदायलाई एक जातीय राज्य चलाउन चाहने शासकले फरक पहिचान स्थापित गर्न बाध्य पारेको टिप्पणी गरे ।

दलित समुदायका अगुवा सुकबहादुर परियार, शालिकराम सुनार, बाबुराम नेपाली लगायतले दलित समुदायले व्यवहारमा परिवर्तन चाहेको बताउँदै पार्टीले सोही अनुरुप नीति निर्माण गर्न पहल गर्नुपर्ने विचार राखे ।

तपाईको प्रतिक्रिया