हार्मोनीमा इतु जोजिजु

समाधान
पोखरा र आसपासका क्षेत्रमा रहेर गीत संगीतमा क्रियाशील महिलाहरुको संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको अध्यक्षमा इतु जोजिजु चयन भएकी छन् ।
पोखरामा भएको पहिलो साधारणसभा तथा अधिवेशनले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबि सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन गरेको छ ।
सदस्यमा रजनी राई, अजुदा थापा, प्राप्ति तुलाचन, इनिशा दुरा, सविना सुनाम, सानु जोजिजु, एलिना गुरुङ, मनिषा राना, स्नेहा गुरुङ, देवी गुरुङ र रुपा थापा चयन भए । पहिलो बैठकदले मेनकाजी गुरुङ, मनकुमार श्रेष्ठ, रामभक्त जोजजु, प्रेमबहादुर थापा, हुकुमराज थापा, सरस्वती प्रतीक्षा, अनुराग अधिकारी, विमला भण्डारी, सरस्वती गुरुङ, देव क्षेत्री, कञ्चन थापा, तीर्थ श्रेष्ठ, सविता शेरचन, शेरबहादुर गुरुङ, लीला शेरचन, विनोद भुजेल र रुद्रकुमारी गुरुङ (मैना)लाई सल्लाहकार चयन गरेको छ ।
यसैबीच, आगामि असारमा संस्थाले तारादेवी–अरुणा लामा साँझ कार्यक्रम गर्ने निर्णयसमेत भएको अध्यक्ष जोजिजुले जानकारी दिइन् ।







गृह र अध्यागमनको टोली कोरला नाकामा
२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया