मिसेस कल्चरको प्रतिभा प्रदर्शन

समाधान संवाददाता २०७५ चैत ४ गते ९:२३

समाधान

पुष्पाञ्जली फेसन एन्ड इभेन्टले गर्ने मिसेस कल्चर नेपालको तेस्रो संकरणको ट्यालेन्ट राउन्ड भएको छ । फाइनलमा प्रवेश गरेका १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका थिए । सौन्दर्यकर्मी नेपालकी अध्यक्ष सुमन गुरुङ, समाजसेवी विश्वमोहन गौचन, महिला उद्यमी विष्णु गुरुङ एकता, सिजी ब्रुअरीका रिजनल म्यानेजर, सुबोध रिसाल, सिजी फुड्सका म्यानेजर धनलाल न्यौपाने र दिलीप सिजापतीको उपस्थितिमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सौन्दर्यकर्मी नेपाल अध्यक्ष सुमन गुरुङले संस्कृति संरक्षणमा महिलाहरु निरन्तर लाग्नु पर्नेमा जोड दिइन् । संस्कृति संरक्षणको निम्ति सबैको साथ आवश्यक रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्ने संस्थाकी अध्यक्ष शोभा गौतमले प्रतिबद्धता जनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया