३५ दिनभित्र अवैधरूपमा राखिएका हतियार बुझाए कारवाही नहुने
समाधान संवाददाता
२०७५ चैत ४ गते ९:३३

रासस
अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कानुनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा खरखजना राखेको पाइएकाले तोकिएको समयमै त्यस्ता सामान बुझाउन उक्त कार्यालयले सूचित गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा अनुमतिबेगरका हतियार बुझाउन भन्नुभएको छ । नेपाल सरकारको फागुन २८ गते निर्णयानुसार ३५ दिनभित्र अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाए कारवाही नगरिने उहाँले बताउनुभयो ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया