भालुको आक्रमणबाट पुरन घाइते

समाधान संवाददाता २०७५ चैत ४ गते १४:२९

समाधान संवाददाता,दाङ

दाङमा भालुको आक्रमणबाट एक जना व्यक्ति गम्भीर घाइते भएका छन्।

गढवा गाउँपालिका वडा नं.६ मनिकापुर निवासी ५५ वर्षीय पुरन रोका मगर भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

Advertisement

घाइते मगरको हाल बाँकेस्थित नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ। स्थानीय जंगलमा बाख्रा चराउन गएका मगरलाई आइतबार बेलुका ५ बजेतिर भालुले एकाएक आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

भालुको आक्रमणबाट मगरको बायाँ गाला, आँखा, नाक र पाखुरामा गहिरो घाउ भएको प्रहरीले बताएको छ।

Advertisement

जंगलमा बाख्रा खोज्दै हिँडेका दुई जनामध्ये मगरलाई भालुले एकाएक झम्टिएको थियो। उनीसँगै गएका अर्का व्यक्तिले पछि अचेत अवस्थाका मगरलाई उद्धार गरी जंगलबाट उद्दार गरेका थिए।

तपाईको प्रतिक्रिया