दुई पटक भूकम्पको धक्का
समाधान संवाददाता
२०७५ चैत ५ गते ११:४१

रासस, बैतडी
सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिनुभयो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया