१६ वर्षमा उलट पलट, झगडालु भाइ ऋणमा डुबे, दुश्मन घोषित दाइले जेल जानबाट जोगाए

समाधान संवाददाता २०७५ चैत ५ गते १२:२०

समाधान सम्वाददाता

१६ बर्ष अघि दाजुको भन्दा धेरै सम्पत्ती लिएर छुट्टिएक भारतीय अर्बपति अनिल अम्बानी अहिले ऋणमा डुबेका छन् । मुकेश र अनिल चर्चित भारतीय उद्योगपति धिरुभाइ अ्रम्बानीका छोरा हुन ।

बाबुको मृत्यु लगत्तै अनिलले दाजुसंग झगडा गरेका थिए । आमाले सम्झाउने लाख प्रयत्न गर्दा पनि अनिलले पटक्कै सुनेका थिएनन् । दुई छोराको झगडा मिलाउन लागि परेकी आमा असफल भएपछि दुई भाइलाई अंशबण्डा गरिदिएकी थिइन् । त्यो बेला अनिलले भारतमा निकै ख्याती कमाएको रिलायन्स टेलिकम र उर्जा सम्बन्धी उद्योग आफ्नो अंशमा बुझेका थिए भने मुकेशले तेल र पेट्रोकेमिकलको ब्यापार पाएका थिए ।

Advertisement

तिनै झडिया अनिल अहिले ऋणमा डुबेका छन । दाइ मुकेशले अन्तिम समयमा ऋण नतिरिदिएको भए उनी जेल जान्थे। अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर ८ अर्ब ७७ करोड नेरू० पैसा तिर्नुपर्ने थियो। उक्त रकम तिर्न नसेक उनी तिन महिनाका लागि जेल जान पर्ने सर्वोच्च अदालतको आदेश थियो। मुकेशले सोमबार अनिलको ऋण तिरिदिएका हुन् ।

अनिलले अफ्ठेरो पर्दा साथ दिएको भन्दै दाइ र भाउजुलाई धन्यवाद दिएका छन् । उनकी भाउजुको नाम नीता हो । उनले आफ्नो परिवार विगतको तिक्ततालाई बिर्सेर मिलेर हिड्न थालेको जानकारी पनि दिएका छन् । यसो भन्नु उनको बाध्यता पनि बनेको छ । दाजु मुकेश हरेक बर्ष अर्बौ रकम थप्दै विश्वकै धनी ब्यक्तिमा गनिन थालेका छन् भने अनिलले हरेक बर्ष गुमाइ रहेका छन् । गत वर्षमात्र मुकेशले १० अर्ब डलर सम्पत्ति थपेको ब्लुमवर्गले जनाएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया