ऊर्जा बचतका लागि अनुदान

समाधान संवाददाता
पोखरा
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले ऊर्जा कम खपत गरी प्रतिष्पर्धी क्षमता वृद्धि गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । ऊर्जा कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पु¥याउने भएकाले उर्जा सदुपयोग गर्न उनको आग्रह थियो । कोइरालाले पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय बाणिज्य बैंक तथा जर्मन विकास बैंक एवं नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सोमबार आयोजित अन्तक्र्रियामा यस्तो बताएका हुन् ।
उनले २ वर्षअघि देशले ऊर्जा संकट भोग्दै गर्दा उद्योग व्यवसायको लागत बढेको स्मरण गरे । ऊर्जाको महत्व बुझेर नै जर्मन विकास बैंकको सहयोगमा नेपालको राष्ट्रिय बाणिज्य बैंकमार्फत ऊर्जा बचतका लागि अनुदानको व्यवस्था गरिएको उनको भनाइ थियो । जर्मन सहयोग संस्था ( जिआइजेड) ऊर्जा बचतमा अनुदान परियोजनाको सहयोगी संस्था हो । जर्मन विकास बैंकमार्फत आउने सो अनुदान रकम राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गर्ने गर्छ । ठूला, साना र मझौला सबै खाले उद्योग व्यवसायमा ऊर्जा बचतका लागि यो परियोजनामार्फत लागतको ३९ प्रतिशतसम्म अनुदानको व्यवस्था छ ।
ऊर्जा बचतमा अनुदान परियोजनाबाट लाभ लिन उद्योगी व्यवसायीले आफ्नो प्रतिष्ठानले खपत गर्ने ऊर्जा अडिट रिपोर्ट पेश गर्नुका साथै ५० लाखभन्दा बढी लगानी भएका उद्योगले बैंकबाट ऋणसमेत लिएको हुनुपर्नेछ । १० लाख लगानी भएका उद्योगलाई ऊर्जा बचतका लागि ३० प्रतिशत, मझौला उद्योगलाई २० र ठूला उद्योगको हकमा १५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ भने आइएसओ १४००१ तथा आइएसओ २६००० प्राप्त उद्योग व्यवसायलाई ४ प्रतिशत थप अनुदान प्रदान गरिने राष्ट्रिय बाणिज्य बैंकका कर्पोरेट तथा सेल्स बिभाग प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।
संघका महासचिव अर्जुन पोखरेलले ऊर्जा अडिटले चुहावट नियन्त्रण गरी लागत घटाउन मद्दत पुर्याउने भएकाले यो परियोजनाबाट लाभ लिन आग्रह गरे । उनले परियोजनाबारे थप जानकारी र सहयोग चाहिएमा पोखरा उद्योग वाणिज्य संघले सघाउने वचतबद्धता गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त उदास, राष्ट्रिय बाणिज्य बैंकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख ऋषिराम ढकाल, जर्मन विकास बैंकका प्राविधिक विशेषज्ञ ज्ञानेन्द्र उपाध्याय, राष्ट्रिय बाणिज्य बैंकका कर्जा बिभाग उपप्रबन्धक होमराज भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका उर्जा तथा वातावरण विभाग प्रमुख उत्तम कुँवर, पोखरा फुड्सका बलराम बराल, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु हरिराज पन्त र सोवित पौडेल, फर्निचर व्यवसायी संघको तर्फबाट हीरामणि पण्डित, शान्ति इन्जिनियरिङका यज्ञप्रसाद रेग्मी, आर्या द रिसिोर्टका अमितराज मुल्मी लगायतले बोलेका थिए ।








८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौं टुर दी पोखरा’को तयारी अन्तिम चरणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया