बन्दी महिलालाई ब्युटिसियन तालिम

समाधान संवाददाता २०७५ चैत ६ गते १२:३९

समाधान संवाददाता
पोखरा

हङकङ ब्युटी इन्स्टिच्युट तथा कलेज, महेन्द्रपुलले जिल्ला कारागार कास्कीका बन्दी महिलालाई निशुल्क व्युटिसियन दिएकोे छ ।

सोमबार तालिम उद्घाटनपछि कलेज प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी सांसद मीना गुरुङले विगतमा पनि कलेजले यस्तै तालिम सञ्चालन गर्दै आएकोमा कारागारमै तालिम सञ्चालन गरी निरन्तरता दिएको बताइन् । तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने उनको विश्वास छ । उनले ब्युटिसियन कोर्सको सैद्धान्तिक ज्ञान प्रदान गरिन् ।

Advertisement

तालिममा रचना अधिकारी, अनिता गुरुङ, विना गुरुङ र सरस्वती सुनारले प्रशिक्षण दिनेछन् । सांसद गुरुङ पनि सातामा १ पटक कारागार पुगेर ब्युटी टिप्ससँगै आत्मनिर्भर कसरी बन्ने सम्बन्धमा सहजीकरण गर्ने बताइएको छ ।
३ सय ९० घन्टाको तालिममा २० जना सहभागी छन् । तालिममा आवश्यक प्राविधिक सहयोग हङकङ ब्युटी इन्स्टिच्युट तथा कलेजले गर्नेछ ।

जिल्ला कारागार कास्की प्रमुख गणेश गौतमले बन्दी महिलाको अवस्थाबारे जानकारी दिँदै राम्रोसँग तालिम लिन सुझाव दिए ।

Advertisement

सांसद तलब भत्ता सामाजिक सेवामा लगाउने उद्घोष साथ सांसद गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यमा रकम सहयोग गर्दैआएकी छन् । सांसद गुरुङले गत फागुन ६ मा पनि कारागारका ५६ जना बन्दी महिलालाई फलफूल वितरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया