आँधीखोलामा बजार अनुगमन

समाधान संवाददाता २०७५ चैत ६ गते १३:५५

अर्जुन काफ्ले
स्याङ्जा

Advertisement

पहिलो पटक स्याङ्जामा गाउँपालिकाले बजार अनुगमन गरेको छ । आँधीखोलामा गाउँपालिकाले मंगलबार अनुमगन गरेको हो । पालिकाले प्रशासन, प्रहरी, पत्रकार, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, गाउँपालिका प्रतिनिधि, नागरिक समाजको सहभागितामा बजार अनुगमन गरेको टिम लिडर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुसालले बताए ।

गाउँपालिकाले वडा नं ५ को जुग्ले बजार र वडा ३ को फूलबारी र पाख्रीबोटमा अनुगमन गरेको छ । गाउँपालिकाले जुग्लेका ३३, फूलबारीका ५ र पाख्रीबोटका ५ पसल अनुगमन गरेको हो । मूल्यसूची, साइनबोर्ड, व्यवसाय दर्ता र नवीकरण, नापतौलका सामग्री, म्याद, स्थायी लेखा नम्बर, खरिद तथा बिक्री बिल आदिबारे अनुमगन भएको हो । गाउँपालिकाले हरेक महिना बजार अनुमगन गर्ने बताउँदै भुसालले मापदण्डको अवज्ञा गरेमा कारबाही गर्ने जानकारी दिए ।
केपी पानीमा सिल

प्रशोधिन पिउने पानी निर्देशिका २०७४ पालना नगर्ने वालिङ ८ को एक पिउने पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय पोखरा र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा पानी उद्योगले सरसफाइमा ध्यान नदिएको, जार प्रशोधन, प्रयोगशाला, प्रत्येक महिना महिनामा गर्नुपर्ने पानी चेकजाँच नगराएको भन्दै उद्योगमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत सुरेश ढकालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया