आँधीखोलामा बजार अनुगमन

अर्जुन काफ्ले
स्याङ्जा
पहिलो पटक स्याङ्जामा गाउँपालिकाले बजार अनुगमन गरेको छ । आँधीखोलामा गाउँपालिकाले मंगलबार अनुमगन गरेको हो । पालिकाले प्रशासन, प्रहरी, पत्रकार, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, गाउँपालिका प्रतिनिधि, नागरिक समाजको सहभागितामा बजार अनुगमन गरेको टिम लिडर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल भुसालले बताए ।
गाउँपालिकाले वडा नं ५ को जुग्ले बजार र वडा ३ को फूलबारी र पाख्रीबोटमा अनुगमन गरेको छ । गाउँपालिकाले जुग्लेका ३३, फूलबारीका ५ र पाख्रीबोटका ५ पसल अनुगमन गरेको हो । मूल्यसूची, साइनबोर्ड, व्यवसाय दर्ता र नवीकरण, नापतौलका सामग्री, म्याद, स्थायी लेखा नम्बर, खरिद तथा बिक्री बिल आदिबारे अनुमगन भएको हो । गाउँपालिकाले हरेक महिना बजार अनुमगन गर्ने बताउँदै भुसालले मापदण्डको अवज्ञा गरेमा कारबाही गर्ने जानकारी दिए ।
केपी पानीमा सिल
प्रशोधिन पिउने पानी निर्देशिका २०७४ पालना नगर्ने वालिङ ८ को एक पिउने पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा नियन्त्रण डिभिजन कार्यालय पोखरा र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले गरेको अनुगमनमा पानी उद्योगले सरसफाइमा ध्यान नदिएको, जार प्रशोधन, प्रयोगशाला, प्रत्येक महिना महिनामा गर्नुपर्ने पानी चेकजाँच नगराएको भन्दै उद्योगमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत सुरेश ढकालले बताए ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया