माइक्रोसफ्टको ‘विन्डोज १०’ अपरेटिङ चलाउने ८० करोडभन्दा बढी
विश्वको चर्चिच कम्पनी माइक्रोसफ्टले ल्याएको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० विश्वभरमा ८० करोडभन्दा धेरै डिभाइसमा चलिरहेको जनाएको छ । माइक्रोसफ्टले लिएको करिब १ अर्बको लक्ष्य नजिक विन्डोज १०को ग्राहक पुग्न लागेको भन्दै उक्त विवरण सार्वजनिक गरेको हो ।
मोर्डन लाइफ डिभाइसेज ग्रुपका कर्पोरेट भाइस प्रेसिडेन्ट यूसूफ महदीले ट्वीटमार्फत भनेका छन्, ‘विन्डोज १० अपरेटिङ सिस्टम ८० करोडभन्दा बढी पुगिसकेका छन् । हाम्रो सहायता गर्न तथा विन्डोजको इतिहासमा सर्वाधिक ग्राहक सन्तुष्टि दिएकोमा सबै प्रयोगकर्तालाई विशेष धन्यवाद ।’
समाचार एजेन्सी सिन्ह्वाका अनुसार सन् २०१५ जुलाइमा सार्वजनिक भएको विन्डोज १०लाई ८० करोड प्रयोगकर्ता पु¥याउन करिब ३ वर्ष ८ महिना लागेको छ । माइक्रोसफ्टले विन्डोज १० को ग्राहक करिब १ अर्ब बनाउन ३ वर्षको समयसीमा राखेको थियो । तर उसले गत वर्ष उक्त लक्ष्य हासिल गर्न सकेको थिएन ।




जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया