होलीमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा सुनिलको मृत्यु

समाधान संवाददाता २०७५ चैत ७ गते ८:२४

काठमाडौं

होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा काठमाडौंको डल्लुमा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ६ बस्ने २९ वर्षीय सुनिल बस्नेतको मृत्यु भएको हो।

प्रहरीका अनुसार पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो। काठमाडौं प्रहरी प्रमुख एएसपी वसन्त लामाका अनुसार मोटरसाइलमा विना हेल्मेट तीनजना सवार थिए। मोटरसाइकल सडकबाट ७० मिटर तल खसेको थियो।

Advertisement

दुर्घटनामा गम्भीर घाइते वस्नेतको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटना लगतै उक्त सवारी साधन भने साथीले उठाइ लगेकाले नम्बर पत्ता नलागेको प्रहरीको भनाइ छ। पैदल यात्रु भने सामान्य घाइते भएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया