ट्राफिक व्यवस्थापन गर्दै बागलुङ नगरपालिका

समाधान संवाददाता २०७५ चैत ७ गते ९:०४

बागलुङ, ताराप्रसाद शर्मा

सदरमुकाम र जिल्लाका ग्रामीण बस्तीमा समेत बढ्दो दुर्घटना न्यूनीकरणका लागि बागलुङ नगरपालिकाले ट्राफिक व्यस्थापनमा लगानी गर्ने भएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले ल्याएको कार्यक्रममा नगरपालिकाले लगानी गर्ने आश्वासन दिएको हो ।

योजना बनाएर पेश गरेपछि नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरेर कार्यान्वयनमा ल्याइने वडा नम्वर २ का अध्यक्ष जीवन आचार्यले बताए । जथाभावी सवारी चलाउने, दोहोरो पार्किङ र बिना लाइसेन्स सवारी चालक बन्ने प्रवृत्तिले दुर्घटना बढेको प्रहरीले निष्कर्ष निकालेपछि संयुक्त रुपमा योजना ल्याउन लागिएको आचार्यले जानकारी दिए ।

Advertisement

ट्राफिकले सबै जिप, पिकअप र बसलाई ट्राफिक नियम पालना गर्न प्रतिवद्धता गरेएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुकबहादुर विकले बताए । पिकअप र जिपलाई क्षमताभन्दा धेरै यात्री राख्ने प्रवृत्ति अन्त्यका लागि प्रतिवद्धता गराउन लागिएको उनको भनाइ छ ।

केही समयअघि जिल्लामा भएका दुर्घटनामा लाइसेन्स नभएकाले सवारी चलाएको पाइएपछि त्यस्तो कार्यलाई निरुत्साहित गर्न लागिएको हो । प्रतिवद्धतामा हरेक चालक र सवारीधनीलाई हस्ताक्षर गराइएको छ । ट्राफिक व्यवस्थापनकै क्रममा बागलुङ बजारभित्र जेब्रा क्रस राख्ने र दोहोरो पार्किङ हटाउने नीति बनाइएको छ ।
ट्राफिकले सबै सामग्री बनाउन दिएको जानकारी दिँदै उनले ती सामग्री आएपछि व्यवस्थापनको काम थालिने बताए । नगरपालिका कार्यालय अगाडि समेत दोहोरो पार्किङले सडक अस्तव्यस्त बनेपछि नगरपालिकासक्रिय भएको हो । जथाभावी सामग्री राख्न नदिन र सडकमै पार्किङ रोक्न नयाँ कार्यविधि बनाइएको हो ।
ट्राफिक अस्तव्यत हुँदाच सुरक्षामा पनि असर परेपछि नगरपालिकाले ठेला गाडा हटाउने निर्णय गरिसकेको छ । प्रहरीले तोकिएको स्थानमा मात्र रोक्ने, प्रवेश निषेध र एकतर्फी बनाउने जस्ता योजना बनाएको छ । दुर्घटना घटाउन ट्राफिकले सार्वजनिक यातायात चालकको नियमित स्वास्थ्य परीक्षण पनि गर्न थालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया