म्याग्देका किसान सम्मानित

समाधान संवाददाता २०७५ चैत ७ गते ९:११

दुलेगौंडा, राजन उपाध्याय

जनसेवा सहकारी संस्था म्याग्दे ४ थर्पुले करिब ४ दर्जन कृषकलाई बुधबार सम्मान गरेको छ । थर्पुमा आयोजित प्रथम म्याग्दे स्तरीय कृषि प्रदर्शनी मेलामा सुन्तला, घाँस, आलु, पशुपालन, तरकारी लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका कृषकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका म्याग्दे २ का कृषक विश्वबहादुर अधिकारी, सोही वडाका सुकनारायण श्रेष्ठ, वडा नं. ३ की सुभद्रा घिमिरे, वडा नं. २ का निर्मल अधिकारी र लक्ष्मण घिमिरे छन् । यसैगरी म्याग्दे ५ का लालबहादुर थापा, कला शाही र पूर्ण थापा छन् ।

Advertisement

सम्मानित भएका कृषक विश्वबहादुर अधिकारीले यस वर्ष करिब ४० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । सुकनारायणले ३१ लाख र सुभद्राले करिब ८ लाख रुपैयाँ सुन्तलाबाट आम्दानी गरेका छन् । घाँस उत्पादनतर्फ म्याग्दे १ गुणादीका कृषक वामदेव खनाल सम्मानित भए । २०५४ सालबाट घाँस खेती सुरु गरेका ७० वर्षीय खनालले घाँस बेचेर लाखौं आम्दानी गर्दै आएका छन् । उनीहरुलाई म्याग्दे गापाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरले नगद र प्रमाणसहित सम्मान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रानाले सृजनशील कृषकलाई गरिएको सम्मानले आगामी दिनमा व्यावसायिक खेती भई उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन् । ‘गाउँपालिका कृषकलाई सहयोग गर्न तयार छ,’ उनले भनिन, ‘तर तपाईहरुले देखिने गरी उत्पादन गर्नुप¥यो ।’ गाउँपालिका उपाध्यक्ष घिमिरले कृषकलाई अनुदानमा बिउ उपलब्ध गराउनुका साथै सुन्तला खेतीलाई प्रवद्धन गरिरहेको उल्लेख गरे । उत्पादन भएमात्र आर्थिक रुपमा सबल भइने बताउँदै उनले माटो र वातावरण सुहाउदो खेती गर्न आग्रह गरे ।

Advertisement

जनसेवा सहकारीका अध्यक्ष तीर्थनारायण मल्लले कृषकलाई प्रोत्साहन गर्न पहिलो पटक कार्यक्रम गरिएको बताए । कार्यक्रममा कृषक बामदेव खनाल, सहकारीका सचिव दुर्गा अधिकारी लगायतले बोलेका थिए । सो अवसरमा लोक दोहोरी गायक प्रजापति पराजुली, गायिका कला लम्साल, सरिता रानाभाट लगायतले प्रस्तुति राखेका थिए ।

तपाईको प्रतिक्रिया