रोट्रयाक्ट फुटसलको तयारी

समाधान संवाददाता २०७५ चैत ७ गते ९:१८

समाधान संवाददाता

रोटरीयन कृष्ण थापाको स्मृतिमा रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनले फुटसल प्रतियोगिता गर्ने भएको छ । रोटरी, रोट्रयाक्ट र इनरह्विल क्लबबीचको भातृत्व विकास गर्ने हेतुले प्रत्येक वर्ष यो प्रतियोगिता गरिन्छ ।

प्रतियोगिता चैत ९ गते शनिबार हुने रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउन अध्यक्ष अच्यूत पौडेलले बताए । प्रतियोगितामा जोन ४ का रोट्रयाक्ट क्लब, रिजन ४ का रोटरी क्लब र पोखराका इनरह्विल क्लबले सहभागिता जनाउन सक्नेछन् । रोट्रयाक्ट पुरुष, रोटरी तथा महिला टिमको छुट्टाछुट्टै प्रतियोगिता गराइनेछ । प्रतियोगितामा विजेताले नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया