अन्ततः मेडिकल कलेज बढी लिएको शुल्क फिर्ता गर्न सहमत

समाधान संवाददाता
पोखराको गण्डकी मेडिकल कलेज विद्यार्थीसँग तोकिए भन्दा बढी लिएको रकम फिर्ता गर्न सहमत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा सरोकारवालासँग भएको बैठकमा गण्डकी मेडिकल कलेज लगायतले विद्यार्थीबाट तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता गर्न सहमति भएको हो ।
कलेजका समस्याबारे मन्त्रालयमा बिहीबार बसेको बैठकमा शिक्षा मन्त्री पोखरेल, त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँ, मेडिकल काउन्सिलका डिन, निजी कलेज सञ्चालकका प्रतिनिधि, विद्यार्थी संगठन र आन्दोलनरत विद्यार्थीबीच ठगी भएको शुल्क विद्यार्थीलाई १ महिनाभित्र फिर्ता गर्न सहमति जुटेको हो । गण्डकी मेडिकल कलेजका सञ्चालक वा प्रतिनिधि भने बैठकमा उपस्थित नभएको १ सहभागीले जानकारी दिए ।
‘नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएका गण्डकी मेडिकल कलेज लगायतका कलेजले १ महिनाभित्र शुल्क फिर्ता गर्ने र त्यसको अनुगमन गर्न शिक्षा मन्त्रालय, त्रिवि, मेडिकल काउन्सिल, स्थानीय प्रशासन र कलेज प्रतिनिधि रहेको अनुगमन समिति बनाउने निर्णय बैठकले गरेको छ ।
गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको शैक्षिक कार्यक्रम प्रभावित नहुने गरी परीक्षासम्बन्धी विशेष निर्णय गर्न सकिने जनाइएको छ । सहमतिपछि विद्यार्थी संगठनले त्रिवि र डिन कार्यालयमा लगाइएको ताला खोल्न राजी भएका छन् ।
तोकेभन्दा बढी असुलेको रकम फिर्ता गर्ने, परीक्षा आवेदनमा छुटेका विद्यार्थीलाई यही चैत्र ८ गतेसम्मको अवधिमा फाराम भर्न लगाउने र विद्यार्थी संगठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियु महासचिव ऐन महरले जानकारी दिए ।
गण्डकी मेडिकलले कलेजका विद्यार्थीले ५३ करोड ठगी मुद्दामा कलेज सञ्चालक खुमा अर्यालसहित ११ जनाविरुद्ध दिएको उजुरी सम्बन्धमा कानुन अनुसार अघि बढिने बताएका छन् ।
उजुरीको आधारमा फागुन २२ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई हिरासतमा राखेको छ । अन्य हालसम्म फरार छन् । शिक्षण अस्पताल र कलेजको ताला १ साता अघि खुलिसकेको भए पनि पठनपाठन भने सुरु भएको छैन ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया