विभेद अन्त्य कम्युनिस्ट पार्टीले मात्र गर्छः गाेविन्द नेपाली

समाधान संवाददाता
स्याङ्जा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोविन्द नेपालीले विभेदको अन्त्य कम्युनिस्ट पार्टीले मात्र गर्ने बताएका छन् । ५४ औं अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवसमा बिहीबार नेपाल उत्पीडित जातीय मुक्ति समाज र नेपाल दलित मुक्ति मोर्चा स्याङ्जाले गरेको कार्यक्रममा नेता नेपालीले सबै विभेद अन्त्य कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गरे । नेपालमा रंगभेद दिवस होइन जातीय विभेद उन्मुलन दिवस मनाउन उनले सुझाए ।
राजनैतिक क्रान्ति, सडक आन्दोदनको समय सकिएको बताउँदै नेपालीले विभेदको विषयमा सबै उत्पीडितले आन्दोलन गर्नुपर्ने उल्लेख गरे । उनले सबै उत्पीडित संगठित भएमा उत्पीडित समुदाय बलियो हुने भएकाले नेपालीले भावनात्मक र सांगठनिक सम्बन्धमा पनि सुधार हुनुपर्नेमा जोड दिए ।
सांगठनिक एकीकरण अन्तिम चरणमा पुगेको बताउँदै नेकपा गण्डकी प्रदेस सचिवसमेत रहेका नेपालीले स्याङ्जामा १ हप्तामा जिल्ला पार्टीले पूर्णता पाउने जानकारी दिए ।
केन्द्रीय सदस्य सीता सुन्दासले मनको दरिद्रता परिवर्तन भएमा जातीय विभेदको अन्त्य हुने बताइन् । नेकपाका प्रदेश सदस्य शैलेन्द्र घिमिरेले अधिकारका लागि उत्पीडित वर्ग कम्युनिस्टभित्रको प्रतिपक्ष बन्नुपर्नेमा बताए ।
कार्यक्रममाा नेकपाका नेता उदय श्रेष्ठ, रामचन्द्र भट्टराई, विश्व पौडेल, मुक्ति समाजका अध्यक्ष तिलकराम विक लगायतले बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया