८२ जना बाट ८२ युनिट रगत संकलन

समाधान संवाददाता
पोखरा
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की क्षेत्रीय रक्त संचार केन्द्रको आव्हानमा पोखरा १० मा बिहीबार रक्तदान आयोजना भएको छ । ‘रक्तदान जीवन दान, जीवन दान महादान’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखा लगायत रामबजारका संघ, संस्थाको आयोजनामा भएको रक्तदानमा ८२ जनाले रगत दान गरे ।
पोखरा १० का वडा सदस्य प्रतिभा विक पोखरेलले हेनरी ड्युनाको तस्विरमा माल्यार्पणपछि वीरबहादुर भूजेल लाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान आरम्भ गरेकी थिइन् । उनले रामबजार क्षेत्रका संघ, संस्था मिली जीवन मरणको दोसाँधमा परेको बिरामीलाई जोगाउने काम गर्नु सराहनीय भएको बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी, सुजन लामिछाने र मन्जु मौरातीले सहयोग गरेका थिए ।
कार्यक्रममा पोखरा १० का वडा सदस्य दीपकबहादुर थापा, ज्येष्ठ नागरिक मिलन केन्द्र रामबजारका अध्यक्ष क्या. थमानसिंह थापा, नेपाल रेडक्रस सोसाइटी पोखरा १० का बिशिष्ट सदस्य टुकाराम लामिछाने, कृष्ण मन्दिर सञ्चालक समिति अध्यक्ष ज्ञानबहादुर थापा, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष पदमबहादुर गुरुङ, रामबजार युथ क्लबका कोषाध्यक्ष अर्जु आले, कालिका मन्दिर परिसर आमा समूह अध्यक्ष माया केसी र राममन्दिर माछापुच्छ्रे महिला समूह अध्यक्ष माया गुरुङ भुजेल लगायतले बोलेका थिए ।








शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया