कुमारीपाटीमा गरिमा विकास बैंककाे शाखा

समाधान संवाददाता २०७५ चैत ८ गते १३:२४

समाधान संवाददाता, पोखरा

गरिमा विकास बैंक लिमिटेडले बिहीबारबाट ललितपुरको कुमारीपाटीमा शाखा स्थापना गरी कारोबार सुरु गरेको छ । शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकका हालसम्म काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा छ । यसका देशभर ७२ शाखा र १७ वटा एटिएम छन् । विकास बैंकले छिट्टै नै पर्साको वीरगंज, चितवनको मिलनचोक, दाङको तुल्सीपुर र कास्कीको हेमजामा समेत शाखा खोल्दै छ । गरिमाले यो आर्थिक वर्षको २०७५ चैत ६ गतेसम्म २८ अर्ब ७५ करोड निक्षेप संकलन गरी २५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया