दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट उत्तर कोरियाली कर्मचारी फिर्ता

बिबिसी नेपाली
अमेरिकी राष्ट्रपतिसँग विना सहमति वार्ता टुंगिएको केही सातापश्चात् प्योङयाङले दक्षिण कोरियासँगको सम्पर्क कार्यालयबाट आफ्ना कर्मचारी हटाएको छ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार सम्पर्क कार्यालयबाट उत्तरको कर्मचारी फिर्ता लैजाने निर्णय प्योङयाङको उच्च अधिकारीको तहबाट भएको उसलाई सुनाइएको छ।
६ महिना अघि सिमाक्षेत्रमा रहेको उत्तर कोरियाली औद्योगिक क्षेत्र केसङ्गमा उक्त कार्यालय स्थापना हुँदा त्यसलाई सम्बन्ध सुधारको स्पष्ट संकेतको रूपमा हेरिएको थियो।
अब २ कोरियाबीच सम्बन्ध के होला ?
गत महिना भियतनाममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अन बीचको परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता विफल भएयता उत्तर र दक्षिण कोरियाका वरिष्ठ अधिकारीहरूबीच कुनै भेटघाट भएको छैन।
उत्तर कोरियाको पछिल्लो निर्णयप्रति सोलले दु:ख व्यक्त गरेको छ। उसले सम्पर्क कार्यालयमा उत्तरका कर्मचारीलाई छिटो फर्कन आह्वान गरेको छ।
कोरियाली युद्ध यता ती दुई देशबीच निरन्तर संवाद गराउन उक्त कार्यालयले महत्त्वपूर्ण भूमिका खेलेको थियो।

दुवै देशका बीस-बीसजना कर्मचारी त्यसमा रहने भनिएको थियो।
सन् २०१८ को सेप्टेम्बर महिनामा उक्त कार्यालय खोलिँदा त्यसलाई अन्तर-कोरियाली सम्बन्धमा उल्लेखनीय प्रगतिको रूपमा अर्थ्याइएको थियो।
सो कार्यालय स्थापना हुनुभन्दा अगाडि यी दुई देशबीच फ्याक्स वा विशेष फोन लाइनमार्फत मात्र संवाद हुन्थ्यो जुन सम्बन्ध विग्रिनासाथ टुटिहाल्थ्यो।
‘सुनौलो अवसर’
गत महिनाको भियतनाम वार्ता विफल भएपछि प्योङयाङले अब फेरि क्षेप्यास्त्र तथा परमाणु परीक्षण सुरु गर्ने चेतावनी दिएको छ।
त्यहाँकी उप विदेशमन्त्री चो सन-हुइले वाशिङ्गटनले ‘सुनौलो अवसर’ गुमाएको बताएकी थिइन्।
त्यतिखेर राष्ट्रपति ट्रम्पलाई नेता किमले सबै आर्थिक प्रतिबन्ध हटाइदिन माग गरेको बताइएको थियो। तर चो सन-हुइका अनुसार उत्तरले केवल पाँच प्रमुख प्रतिबन्ध हटाइदिन आग्रह गरेको थियो।
अमेरिकी अधिकारीहरूले अझै पनि कूटनीतिक प्रयास जीवितै रहेको बताउँदै आएका छन्।
तर सोलस्थित बीबीसीकी संवाददाता लरा बिकर भन्छिन् प्योङयाङको पछिल्लो निर्णय दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनका निम्ति धक्का हुन सक्छ।
उनी भन्छिन् अमेरिका र उत्तर कोरियाबीच वार्ता विफल भएपनि सोल र प्योङयाङको सम्बन्ध जोगिने उनको सोचाइ गलत हुन पुगेको देखिन्छ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया