मुक्तक लेखन कार्यशाला

समाधान
मुक्तक मञ्च पोखराको आयोजनामा मुक्तक लेखन कार्यशाला भएको छ । मुक्तक लेखनलाई थप सशक्त बनाउने उद्देश्यले मुक्तक मञ्च, पोखराले आफ्नो नियमित कार्यक्रमको तेस्रो शृंखलाको रूपमा कार्यशाला सम्पन्न गरेको हो ।
मुक्तक मञ्चको प्रशिक्षण विभागका संयोजक रोशन तलकोटेको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा मुक्तक मञ्चका कार्यसमितिसहित एक दर्जन मुक्तककार सहभागी भएका थिए । कार्यशालामा संरचनापक्ष, भावपक्ष, अलंकार विधा लगायत मुक्तकीय संगठनका विषयमा विविध छलफल गरिएको थियो । सहभागी मुक्तककारका मुक्तकका विषयमा मुक्तककार सञ्जीव पौडेल र सरला लामिछाने ‘सरू’ ले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस क्रममा मुक्तककारका एक एक मुक्तकमाथि तिनमा प्रयुक्त शब्द, भाषिक विन्यास र भावपक्षमा गहनतापूर्वक छलफल भएको प्रशिक्षण विभागका सदस्य श्रीराम अधिकारी ‘गोर्जे’ ले जानकारी दिए ।
मुक्तक लेखनका क्रममा देखिएका विविध समस्या र तिनका समाधानका विषयमा छलफल गर्ने गरी कार्यशाला सञ्चालन गरिएको मुक्तक मञ्चका अध्यक्ष प्राञ्जलले जानकारी दिए । कार्यशाला सम्पन्न भएपछि सहभागी मुक्तककारले मुक्तकबारे आफूमा रहेका कतिपय अन्योललाई चिरेर स्पष्ट धारणा बनाउन सहयोग पुगेको भन्दै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया