म्याग्दीकाे ‘दह ताल’ संरक्षणमा जोड

समाधान संवाददाता २०७५ चैत १० गते ११:१५

राकेश शर्मा
म्याग्दी

म्याग्दीको मंगला गाउँपालिका ३ बरंजाको प्रदेशद्वारस्थित ‘दह ताल’ पर्यटकसँगै संरक्षणको पर्खाइमा छ । सानो फेवातालको रुपमा बरंजाबासीले नामकरण गरेको तालको संरक्षणमा यतिखेर स्थानीयले चासो देखाउन थालेका छन् ।

तालकोे संरक्षणमा स्थानीयले चासो देखाए पनि ताल पर्यटकको पर्खाइमा छ । वरिपरी गाउँ, गाउँको बीच र प्रकृतिको हरियो बिम्ब (छायाँ) देखिने दह ताल निकै आकर्षक र मनमोहक छ । धार्मिकरुपले पनि महत्व बोकोको तालको प्रचारप्रसार हुन सके आन्तरिक तथा वाह्य पर्यटकको आगमन हुने स्थानीयको भनाई छ ।

Advertisement

स्थानीयले भौतिक पूर्वाधारको अभावमा ताल ओझेलमा परेको बताउँदै आएका छन् । लामो समयसम्म पानी नपरे तालबीचमा रहेको बरको बोटमा पूजापछि पानी पर्ने विश्वास छ । सक्दो संरक्षणमा हालसम्म जुटेका पूजारी मित्रलाल सापकोटाले भने, ‘खडेरी परेर खेतीपाती सबै नष्ट हुने अवस्था पुग्दा यहाँ गाउँले मिलेर पूजाआजा गरेमा पानी पर्छ ।’

ताल संरक्षण गर्दै स्नान गर्न मिल्ने, वरपर क्षेत्रमा साइक्लिङ सुविधा, स्थानीय भैंसी बस्न नमिल्ने घेरा, ताल छेउको फोहोर व्यवस्थापनमा जुटेको ताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले जानकारी दिए । उनले भने, ‘हामी अहिले ताल संरक्षणमा जुटेका छौं तर, अझैं पनि यहाँ भैसी आल बस्ने गरेका छन्, अब यसलाई व्यवस्थित गेरर स्वीमिङ गर्ने थलो बनाउने छौं ।’

Advertisement

‘नीलो रंगको तालबीच अवस्थित बराह मन्दिर यहाँको आकर्षण हो ।’ उनले भने, ‘तालबीचको बराहलाई पोखराको फेवातालस्थित बराह देवताको भाइकारुपमा परिचित छ ।’ ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल १ दशमलव ५ मिटर गहिरो छ । ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए । ‘जिल्लामा रहेको यस्ता ताल तलैयाको पहिचान गरी प्रचारप्रसार र संरक्षण गर्न सके पर्यटकको रोजाईमा पर्ने छ’ उनले भने, ‘म्याग्दी उद्योग वाणिज्य संघकोतर्फबाट गर्न सक्ने सहयोग गर्छौं ।

तपाईको प्रतिक्रिया