बालश्रममा लगाइएका ८४ बालबालिकालाई परिवारसँग पुनःमिलन

रासस, रोल्पा
बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाैँका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो ।
परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका अहिले विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय अध्ययन गरिरहेका छन्”, सेभ द चिल्ड्रेन रोल्पाका प्रतिनिधि दिलकमल क्षेत्रीले भन्नुभयो ।
विद्यालय जान नचाहनेका लागि भने सीपमूलक तालीम दिई समाजमै पुनःस्थापना गरेको बताइएको छ । फर्निचर, हेयर कटिङजस्ता काममा संलग्न उनीहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै आएका छन् ।
बालश्रमबाट त्यसरी फिर्ता गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनमा सहयोग गरेको बताइएको छ । “मानवअधिकार सचेतन केन्द्र नामक स्थानीय गैरसरकारी संस्थाको सहयोगमा बाख्रापालन, तरकारी खेती तथा खुद्रा पसललगायतका क्षेत्रमा सहयोग गरी पुनः बालश्रममा जानबाट रोक्ने प्रयास गरेका छौँ”, हुरेक रोल्पाका कर्मचारी धरेन्द्र डाँगीले भन्नुभयो ।
जिल्लामा विभिन्न कारण विद्यालय जान नपाएका दुई हजार ५०० वढी विद्यालय उमेरका बालबालिका रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले जानकारी दिनुभयो । विद्यालय उमेरका यस्ता बालबालिकामध्ये अधिकांश गरीबीका कारण बालश्रममा संलग्न हुन बाध्य भएको बताइएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया