कास्कीमा ६ जना दृष्टिविहीनले एसइई दिए

समाधान संवाददाता २०७५ चैत १० गते १४:२५

समाधान संवाददाता, पाेखरा

पोखरामा आजबाट सुरू भएको एसइईमा ६ जना दृष्टिविहीनले सहभागिता जनाएका छन्।

पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयबाट उनीहरू परीक्षामा सहभागिता जनाएका हुन्। उनीहरूले अर्को एक सहयोगीसहित परीक्षामा सहभागिता जनाएका हुन्।

Advertisement

दृष्टिविहीनले कक्षा ९ मा अध्ययन गर्दै गरेका विद्यार्थीलाई सहयोगीका रूपमा लिएका छन् । कास्कीमा यस वर्ष ३२ परीक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन्।

गण्डकी प्रदेशमा एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागिता जनाएका छन्। नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागिता जनाएका हुन्। गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाएका हुन्।

Advertisement

कास्कीबाट सबभन्दा धेरै छन् भने मनाङबाट सबभन्दा कम ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

यो वर्ष देशभरबाट कूल ४ लाख ७५ हजार ३ विद्यार्थी परीक्षामा सहभागी छन्।

तपाईको प्रतिक्रिया