अनिकले जिते हस्पिटालिटी कन्टेस्टको टाइटल

समाधान संवाददाता २०७५ चैत ११ गते ८:२०

समाधान सम्वाददाता

हस्पिटालिटी नेपाल कन्टेस्ट तेस्रो संस्करणको विजेता अनिक अधिकारी बनेका छन् । १७ प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि हात पारेका हुन् । फाइनलमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिएर उनी नम्बरको आधारमा विजेता भए ।

उनले नगद २५ हजार रुपैयाँसँगै दुबई भ्रमणको प्याकेज प्राप्त गरे । उपाधि ग्रहरपछि अनिकले हस्पिटालिटी क्षेत्रमा आफूलाई अझै बढी केही गर्ने हौसला मिलेको प्रतिक्रिया दिए । उनी नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छन् ।

Advertisement

करिब डेढ महिनासम्म आयोजक एपी इन्टरटेनमेन्टले प्रतिस्पर्धीहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराएर ‘हस्पिटालिटी सेक्टर’ सम्बन्धी विभिन्न तालिम दिएको थियो ।

प्रतियोगितामा पवित्रा तामाङ फस्ट रनरअप भइन् । उनले टाइटलसँगै नगद र विभिन्न प्याकेज पुरस्कार जितिन् । तामाङ पनि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत छिन् । प्रतीक गुरुङ सेकेन्ड रनरअप भए । उनी माउन्ट अन्नपूर्ण कलेजमा अध्ययनरत छन् । त्यसैगरि सिटिइभिटीमा अध्ययनरत सन्देश केसी थर्ड रनरअप भए ।

Advertisement

प्रतियोगिताको तेस्रो संस्करणसम्म आइपुग्दा धेरै अनुभव बटुलेको भन्दै एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले थुप्रै संघसंस्थाको सहयोगमा यो सम्भव भएको प्रतिक्रिया दिए ।

मुख्य निर्णायकमा पाइलट तथा अभिनेता विजय लामा थिए । हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश निर्देशक मणिराज लामिछाने, माउन्ट अन्नपूर्ण कलेजका प्राचार्य शैलेन्द्र श्रेष्ठ र नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका प्राचार्य प्रकाश रेग्मी र नाट्टा अध्यक्ष सन्तोष पोखरेल निर्णायक मण्डलमा थिए ।

तपाईको प्रतिक्रिया