गोरखा इपिसेन्टरमा ४८ हजार नयाँ घर

समाधान संवाददाता २०७५ चैत ११ गते ८:२५

मोहसिन अली मियाँ

जिल्लाको निजी आवास पुनर्निर्माणमा वारपाक सुलिकोट गाउँपालिका अघि देखिएको छ । ७ हजार २ सय लाभग्राही रहेको सुलिकोटमा हालसम्म ६ हजार १ सय ९८ जनाले घर पुनर्निर्माण गरिसकेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइको तथ्यांक अनुसार ६ हजार ८ सय ३० ले पहिलो किस्ता र ६ हजार ६ सय ६४ ले दोस्रो किस्ता लिएको वारपाक सुलिकोटमा हालसम्म ९० दशलव ७५ प्रतिशतले घर बनाइसकेका छन् । ३ सय ७० घरधुरी सम्झौता नै गर्न आएनन् ।

Advertisement

८६ दशमलव ८४ प्रतिशत घर पुनर्निर्माण सकेको अजिरकोट गाउँपालिका दोस्रो नम्बरमा छ । ४ हजार १ सय २५ मध्ये ३ हजार ४ सय ५१ लाभग्राहीले घर बनाइसकेका छन् । यहाँ १ सय ५१ जनाले पहिलो किस्तासमेत लिन बाँकी छ । ६ हजार ९ सय २४ लाभग्राही रहेको आरुघाट गाउँपालिकामा ८१ दशमलव ३८ प्रतिशतले घर सकेका छन् । यहाँ ५ हजार ३ सय ८५ घरले तेस्रो किस्ता बुझिसकेका छन् ।

सिरानचोक गाउँपालिकामा ७८ दशमलव ७६ प्रतिशतले घर बनाइसकेका छन् । ६ हजार ८ सय ३३ लाभग्राही रहेको यहाँ ४ हजार ५ सय ९८ घरधुरीले तेस्रो किस्ता बुझेका छन् । सिरानचोकमा ९ सय ९५ लाभग्राही सम्झौता नै गर्न आएका छैनन् । १० हजार १ सय ५६ लाभग्राही रहेको गोरखा नगरपालिकामा ७ हजार २ सय १ जनाले घर पुनर्निर्माण सकेका छन् । जुन ७८ दशमलव १४ प्रतिशत हो । यहाँ पनि ९ सय ४१ ले पहिलो किस्ता नै लिएनन् ।

Advertisement

७५ दशमलव ५४ प्रतिशतले काम सकेको सहिद लखन गाउँपालिका छैटौं नम्बरमा छ । ७ हजार ६१ लाभग्राही रहेको यो पालिकामा ४ हजार ५ सय ९८ ले तेस्रो किस्ता बुझिसकेका छन् । यहाँ ९ सय ७४ ले सम्झौता गर्नै बाँकी रहेको इकाइको तथ्यांक छ । ६ हजार ८ सय ३५ लाभग्राही रहेको भीमसेन थापा गाउँपालिकामा ४ हजार ९ सय १८ ले तेस्रो किस्ता लिएका छन् । जुन ७४ दशमलव ३८ प्रतिशत हुन आउँछ । यहाँ पनि २ सय २३ को सम्झौता हुनै बाँकी देखिन्छ ।

सबैभन्दा कम लाभग्राही रहेको जिल्लाको उत्तरी भेगमा पर्ने चुमनुब्री गाउँपालिका हो । यहाँ ६७ दशमलव ६५ प्रतिशतले घर पुनर्निर्माणकोसकेका छन् । २ हजार २ सय ७५ मध्ये १ हजार २ सय ५७ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् भने ४ सय १७ ले सम्झौता नै गरेनन् । ६७ दशमलव २ प्रतिशत पुनर्निर्माण सकेको धार्चे गाउँपालिका नवौ नम्बरमा छ । ४ हजार १ सय ६९ लाभग्राही रहेको धार्चेमा हालसम्म २ हजार १ सय ६६ घरले तेस्रो किस्ता बुझेका छन् । यहाँ ९ सय ४६ जनाले पहिलो किस्तासमेत लिन बाँकी छ ।

पालुङ्टार नगरपालिकामा ५ हजार ४ सय २० ले घर पुनर्निर्माण सकेका छन् । ९ हजार ७ सय ९४ लाभग्राही रहेको पालुङ्टारमा ६३ दशमलव ३५ प्रतिशतले तेस्रो किस्ता बुझेका छन् । यहाँ सबैभन्दा बढी १ हजार २ सय ३८ लाभग्राहीको सम्झौतासमेत हुन बाँकी रहेको तथ्यांक छ । ६० दशमलव १८ प्रतिशत पुनर्निर्माणसकेको गण्डकी गाउँपालिका सबैभन्दा पुछारमा छ । ५ हजार ६ सय १६ लाभग्राही रहेको गण्डकीमा हालसम्म जम्मा २ हजार ९ सय ३ जनाले तेस्रो किस्ता बुझेका छन् । यहाँ पनि ७ सय ९२ को सम्झौता गर्नै बाँकी छ ।

जिल्लामा हालसम्म ७५ दशमलव ५८ प्रतिशत घर पुनर्निर्माण भएको देखिन्छ । ७० हजार ९ सय ८८ लाभग्राही रहेको गोरखामा ६३ हजार ६ सय ३४ ले पहिलो किस्ता, ५७ हजार ७ सय ६९ ले दोस्रो र ४८ हजार ९५ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन् ।

तपाईको प्रतिक्रिया