मेरो नेपालको सहयोगमा २९५ को स्वास्थ्य जाँच

समाधान संवाददाता २०७५ चैत ११ गते ८:३३

समाधान सम्वाददाता

मेरो नेपाल युवा क्लबको आयोजना तथा इएनटी सेन्टर नयाँ बजारको प्राविधिक सहयोगमा पोखरा मझेरी पाटनमा १ दिने निशुल्क स्वास्थ्य शिविर भएको छ ।

शनिबार भएको शिविरमा नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. कृष्ण कोइराला तथा रेडियोलोजिष्ट डा. सुवास केसीले २ सय ९५ जनाको स्वास्थ्य परीक्षण गरेका थिए ।

Advertisement

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सरुविन्द, तुलसीप्रसाद चापागाईँ, डा. कोइराला तथा क्लबका उपाध्यक्ष एकेन्द्र कुँवरले बोलेका थिए । कर्णबहादुर गुरुङको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष दिवस कुँवरले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया