विकल्प रोज्न सांसदहरूले गरे मतदान, सरकार पराजित

समाधान संवाददाता २०७५ चैत १२ गते ८:४४

बिबिसी नेपाली

युरोपेली संघ ईयूबाट ब्रिटेन बाहिरिने ब्रेक्जिट प्रक्रियालाई निकास दिने अपेक्षासहित उक्त प्रकृयाको नियन्त्रण सदनमा रहनेगरी ताजा मतदान भएको छ।

सोमवार भएको मतदानमा अनपेक्षित रूपमा सरकार २७ मतले पराजित भएको थियो। सरकारको पक्षमा ३०२ मत पर्‍यो भने विपक्षमा ३२९। अब सांसदहरू ब्रेक्जिटको विकल्पमा बहुमत खोज्नेगरी अगाडि बढ्नेछन्।

Advertisement

कस्तो किसिमको ब्रेक्जिटलाई समर्थन गर्ने भनेर संसद्‌मा चरणबद्ध बुधवार मतदान हुनेछ। प्रधानमन्त्री टरिजा मेले भने सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको बताएकी छन्।

सांसद्हरूलाई हाउस अफ कमन्सको अजेन्डामाथि नियन्त्रण गर्न दिँदा अप्रिय स्थिति उत्पन्न हुने र नयाँ प्रक्रियाबाट प्रजातान्त्रिक संस्थामा असन्तुलन हुने नजिर बस्न सक्ने उनको तर्क छ।

Advertisement
ब्रेक्जिट

सोमवार मतदान हुनुअघि उनले संसद्‌मा तेस्रो मतदानमा लागि जानेगरी सम्झौताको पक्षमा मत नरहेको स्वीकारेकी थिइन्। उनले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै भनिन्, “म अझै पनि के कुरामा विश्वस्त छु भने ब्रिटेनको लागि सही बाटो भनेको सक्दो छिटो अर्थात् अहिलेका लागि २२ मे महिनामा सम्झौतासहित ईयू छाड्नु हुनेछ।”

‘असफल सरकार’

यो मतदानमा सहभागी हुनकै लागि तीन ब्रिटिश मन्त्रीहरूले पदत्याग गरेका थिए ।

यस्तो संशोधन प्रस्ताव सत्तारूढ कन्जर्भेटिभ पार्टीकै सांसद सर ओलिभर लेट्विनले संसद्‌मा दर्ता गराएका थिए। उनकै पार्टीका केही सांसदले पनि यसको पक्षमा मतदान गरेका थिए।

प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले यस प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। उनले भने, “सांसदहरू निर्वाचन जितेर आएको सरकारलाई उत्तरदायी बनाउन नै हो। संसद्को अस्तित्व पनि त्यसकै लागि हो।”

ब्रेक्जिट प्रक्रियामा आइरहेका असफलताले ‘राष्ट्रिय लज्जा’ सिर्जना गरेको बताएका उनको सरकार असफल भएको भन्दै सदनले निकास दिने बताएका थिए।

तपाईको प्रतिक्रिया