विप्लव माओवादीका तमुवान संयोजक लेखनाथबाट पक्राउ, तनहुँबाट ३ समातिए

समाधान सम्वाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका जनपरिषद् तमुवान संयोजक पक्राउ परेका छन्। प्रहरीले संयोजक किसान सिंह तमु गुरुङलाई लेखनाथबाट पक्राउ गरेको हो।
तमुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बतायो।तमु लेखनाथ निर्माण व्यावसायि समितिका पूर्व अध्यक्ष समेत हुन।उनी एकिकृत माओवादी फुटसँगै विप्लव समूहमा स्थापनादेखि नै लाग्दै आएको बुझिएको छ।
पोखरा महानगरपालिका २७ लेखनाथ पट्नेरीमा रहेको व्यावसायि अजयराज सुमार्गीको २५ रोपनी जग्गा कब्जामा लिएको विप्लव माओवादी कास्की समितिले दाबी गरेको थियो।
उनीहरुले जग्गामा झण्डा राखी विवादित जग्गा नियन्त्रणमा लिएको ब्यानर टाँसेका थिए। तर कास्की जिल्ला तहका नेताहरु भने पक्राउ परेका छैनन्।
फागुन २८ गतेबाट विप्लव माओवादीमाथि सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले जिल्लातहका कार्यकर्ता भटाभट पक्रिन थालेको छ। त्यस्तै, तनहुँबाट मंगलबार विप्लव समूहका तिन कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा व्यास नगरपालिका(१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा छन्।
पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन्।
विप्लव माओवादीका म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार मालिका गाउँपालिका निवासी पुनलाई गरी अनुसन्धान अघि बढाइएको प्रहरी सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए।
म्याग्दीकै मालिका गाउँपालिका–६ दरवाङका रमेश पुन र थमबहादुर पुन पनि पक्राउ परेको प्रहरीको भनाई छ। पुनद्वय जिल्ला शिक्षक संगठनका क्रियाशिल सदस्य हुन्।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया