यु २३ काे अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

समाधान संवाददाता २०७५ चैत १३ गते ८:४४

एजेन्सी

२३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । 

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो । 

यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५–० को हार व्यहोरेको थियो । 

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले एक÷एक गोल गरे । खेलको २४औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३४औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २–० को सहज जित दिलाए । 

त्यस्तै समूह ‘ए’ बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट भएको छ । 

मङ्गलबार राति नै भएको कतार र ओमनबीचको खेल दुई÷दुई गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो । 

Advertisement

तपाईको प्रतिक्रिया