टुडिँखेल जोगाउन १५ लाख

समाधान संवाददाता २०७५ चैत १४ गते ११:४५

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका १ स्थित ऐतिहासिक मैदान टुडिँखेल संरक्षणको पहल सुरु भएको छ । मैदान संरक्षणका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख उपलब्ध गराएका छन् ।

मैदान संरक्षणका लागि मंगलबार भएको भेलाले बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । उपाध्यक्षमा सीता गुरुङ, सचिवमा जनकल्याण पराजुली, कोषाध्यक्षमा रमेश श्रेष्ठ र सदस्यमा पुरोषत्तम श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, राधा बराल अधिकारी, भानु अधिकारी र ईश्वरचन्द्र गुरुङ छन् । सल्लाहकारमा तेज गुरुङ, दिनेशकुमार श्रेष्ठ, आनन्द रञ्जित, सुनील श्रेष्ठ र विष्णु अधिकारी छन् ।

Advertisement

राष्ट्रिय माविअघि रहेको टुडिँखेल मैदान भने लामो समयदेखि संरक्षणको पर्खाइमा थियो । ‘अहिले हामीले चारैतिर तार जाली हालेर संरक्षण गर्ने सोच त बनाएका छौं तर १५ लाखले पुग्दैन,’ उपभोक्ता समिति अध्यक्ष गुरुङले भने, ‘हामी भूतपूर्व विद्यार्थी र देश विदेशमा रहेका संघ, संस्थालाई गुहार्ने पक्षमा छौं ।’

अतिक्रमणको चपेटामा समेत परेको टुँडीखेल मैदानका लागि प्राप्त १५ लाख ‘सिड मनी’को रुपमा राखेर अघि बढ्ने उनको भनाइ छ । ‘हामी स्थानीय सरकार र प्रदेश सरकारलाई पनि गुहार्ने छौं’, उनले भने । यो मैदानमा सेभेन ए साइड, बगर भाइ खलकको एट ए साइड प्रतियोगिता लगायतका खेल हुँदै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया