प्रदेश २ मा एसईईको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परिक्षा रद्द

समाधान संवाददाता, काठमाडाैं
प्रदेश २ मा एसईई परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार हुने विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।
बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि सामाजिक संजालबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए । ‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’ उनले भने ।
बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए ।
प्रदेशभरी नै एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया