पोखरामा फेरि प्याराग्लाइडिङ रुखमा ठाेक्कियाे, फुराेङ घाइते

समाधान संवाददाता २०७५ चैत १५ गते ११:१७

विकास रोकामगर

पोखरामा बिहीबार फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा परी चिनियाँ महिला टेन्ज फुरोङ घाइते भएकी छन् । प्याराग्लाइडिङ पोखरा – १८ सराङकोट गोठादीको एउटा रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार हिमालयन फ्रन्टिएर कम्पनीका टेन्डम पाइलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाइडिङ दुर्घटना भएको हो । कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले घाइते फुरुङकाे मेट्रोसिटी अस्पताल उपचार भइरहेको जानकारी दिए । उनले दुर्घटनाबारे छानबिन भइरहेको बताएका छन् ।

Advertisement

कास्कीमा पछिल्लो समय प्याराग्लाइडिङ दुर्घटना बढिरहेका छन् । फागुन अन्तिम सातातिर लगातार ३ दिन दुर्घटना भएको थियो । दुर्घटनाबाट २ को ज्यान गएको थियो भने २ घाइते भएका थिए । फागुन ५ गतेमात्रै बालकसहित टेन्डम उडानमा रहेको प्याराग्लाइडिङ पोखरामा दुर्घटनामा भएको थियो ।

उक्त घटनामा चिनिया ७ वर्षीय बालक यान्जको अनुहारमा चोट लागेको थियो । प्याराग्लाइडिङमा ससाना बालबालिकालाई उडाउन नपाइने तर कम्पनीहरुले अटेरी गर्दै उडाउँदै आइरहेका छन् ।

Advertisement

घटनामा चिनिया ७ वर्षीय बालक यान्जको अनुहारमा चोट लागेको थियो । प्याराग्लाइडिङमा ससाना बालबालिकालाई उडाउन नपाइने तर कम्पनीहरुले अटेरी गर्दै उडाउँदै आइरहेका छन् ।

सोलो प्याराग्लाइडिङ उडानबाट दुर्घटना बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) एकल उडानमा रोक लगाएको थियो । जुन चैत १० गते फुकुवा भएको छ । सोलो उडानकै क्रममा नियम विपरित उडान भरेको भन्दै पोखराका ब्लु स्काई र बुधबार दुर्घटना भएको कम्पनी फ्रन्टियर्स प्याराग्लाइडिङको सोलो उडान अनुमतिसमेत रद्द गरिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्याराग्लाइडिङ नियमनको जिम्मा बुधबारदेखि नेपाल हवाई खेलकुद संस्था (ना) लाई दिएको छ ।
अत्याधिक दुर्घटना बढ्न थालेपछि क्यानले नेपाल हवाई खेलकुद संस्थालाई व्यवस्थापन, पाइलटको लाइसेन्स, नियमन तथा प्रवद्र्धन गर्न नालाई बुधबार प्रमाणपत्र हस्तान्तरण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल हवाई खेलकुद संस्थाका कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीलाई नियमनको जिम्मा तोकेको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

क्यानका प्रबन्धक देवेन्द्र प्रसाद पाण्डेले नेपाल हवाई संस्थाले प्यराग्लाइडिङ, ह्यान्डग्लाइडिङ लाइसेन्स जारी गर्ने, नियम विपरित सञ्चालन हुने कम्पनी र पाइलटलाई कारबाही गर्ने, सोलो प्याराग्लाइडिङ गर्ने पाइलटलाई उडान अनुमतिको सिफारिस दिने, सुरक्षित उडान व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी दिएको बताए ।

तपाईको प्रतिक्रिया