मिडिया कप फुटसलको उपाधि प्रेस सङ्गठनलाई

रासस, काठमाडौँ
नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ ।
आज यहाँ भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६ –१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको महासङ्घका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो ।
विजेता र उपविजेता टिमलाई महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विजेता समूह प्रेस सङ्गठनले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले प्रेस युनियनले सात हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस सङ्गठन नेपालका खेलाडी दिपेन्द्र गुरुङ् वेस्ट स्कोरर र वेस्ट प्लेयर नेपाल प्रेस युनियनका खेलाडी निशान राई हुनु भएको छ ।
बिहीबारदेखि शुरु भएको फुटसल प्रतियोगितामा सञ्चार क्षेत्रसँग सम्बन्धी विभिन्न एघार सङ्घ संस्थाका टोलीले भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा (ए), नेपाल पत्रकार महासङ्घ काठमाडौँं शाखा (बी), इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र नेपाल पत्रकार मञ्चलगायतले भाग लिएका थिए ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया