परिक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा एसईईका बाँकी सबै विषयका परीक्षा स्थगित

समाधान संवाददाता
राष्ट्रिय परिक्षा बोर्डले प्रदेश-२ मा एसईईका बाँकी सबै विषयको परिक्षा स्थगित गरेको छ। परिक्षा अगावै विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले प्रदेशभरकै परिक्षा स्थगित गरेको हो।
शुक्रबार साँझ शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गिरिराजमणि पोखरेलले अति सुरक्षित रहने प्रश्न पत्र बाहिरिनु गम्भिर भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो- सिआईबीले अनुसन्धान थालिसकेको जानकारी दिए। बिहीबार विज्ञान विषयको परिक्षा भए पनि प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि रद्ध गरिएको थियो।
शुक्रबार हुने भनिएको सामाजिक विषयको पनि प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि त्यस विषयको भने परिक्षा नै नभई स्थगित भएको थियो।
विज्ञान विषयको परिक्षा आगामी चैत २२ गते हुने र बाँकी विषयको परिक्षाको तालिका यसै महिनाभित्र सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। प्रदेश-२ मा परिक्षा स्थगित भएपनि बाँकी प्रदेशमा परिक्षा सुचारु हुने र प्रश्नपत्रको सुरक्षाका लागि सबै जिल्ला समन्वय समितीलाई निर्देशन दिईसकेको मन्त्रालयले जनाएको छ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया