बारमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै

रासस
कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि आज देशभरि नै निर्वाचन हुँदैछ । बारको २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नयाँ नेतृत्वका लागि देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्दैछन् । आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान हुँदैछ ।
नयाँ नेतृत्वका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बन्नुभएको छ ।
बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ । ३ वर्षेका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट १-१ गरी ८ उपाध्यक्ष निर्वाचित हुनेछन् । देशभरिबाट मतपेटिका संकलन गरेपछि काठमाडाैंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो । काठमाडाैं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा निर्वाचन हुँदैछ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया