१५ लाख भारु चोरेको आरोपमा १ पक्राउ

रासस
भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । १५ लाख भारु चोरेर ल्याएको आरोप लागेका चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको प्रहरीसँग स्वीकार गरेका छन् । चन्द भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए ।
चोरेर ल्याएको रकममध्ये डेढ लाख मात्रै नगद फेला परेको र अरु कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भएको छ । कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने खुल्न नआएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया