सफल सन्दीप, सुपरओभरमा जित्यो दिल्लीले

समाधान संवाददाता २०७५ चैत १७ गते ९:१०

एजेन्सी

नेपाली युवा बलर सन्दीप लामिछानेले आईपीएलको १२औँ संस्करणको आफ्नो पहिलो खेलमा विजयी सुरूवात गरेका छन्।

शनिबार कोलकाताविरूद्ध भएको खेलमा लामिछानेले एक विकेट लिन पनि सफल भए। जारी सिजनका पछिल्ला दुई खेलमा उनी आफ्नो टोली दिल्ली क्यापिटल्सको प्लेइङ इलेभेनमा परेका थिएनन्।

Advertisement

उनले अघिल्लो संस्करणमा तीन खेलमा पाँच विकेट लिएपछि उनले चर्चा बटुलेका थिए, त्यसेले धैरले उनी दिल्लीका पहिलो म्याचदेकी नै मौका पाउने ठानेका थिए तर उनले त्यसका लागि भने तेश्रो खेलसम्म पर्खनुपर्‍यो ।

कोलकाता नाइट राइडर्ससँगको तेस्रो खेलमा उनले चार ओभर नै बलिङ गर्दै टोलीका लागि महत्वपूर्ण १ विकेट लिन सफल भए। उनले खेलको दोस्रो ओभरमा बलिङ गरेका सन्दीपले पहिलो पाँच बलमा रन दिएनन् । अन्तिम बलमा एक रन दिए ।

Advertisement

दोस्रो ओभरमा उनलाई विकेटमा सफलता हात पर्‍यो। उनको बलमा निखिल शंकर नाइकको विकेट लिए । उनलाई आउट गर्नुअघि यस ओभरमा उनले पहिलो बलमा एक रन दिए भने दोस्रो तथा तेस्रो बलमा रन दिएनन् र चौथो बलमा नाइकलाई एलबीडब्यूबाट आउट गरे।

१०औं ओभरमा उनको बलमा कोलकाताका शुभमन गिलले दुई रन बनाए तर तेस्रो रन लिने क्रममा गिल आउट भए ।

यस्तै चौथो ओभरमा भने सन्दीपले १७ खर्च गरे । पहिलो दुई बल डट फालेका सन्दीपको तेस्रो बलमा दिनेश कार्तिकले चौका प्रहार गरे भने चौथो बलमा अर्को एक रन जोडे । त्यसपछि स्ट्राइकमा आएका आन्द्रे रसेलले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गरे ।

यसरी समग्रमा सन्दीपले चार ओभरमा बलिङ गर्दै हिजोको खेलमा २९ रन दिएर एक विकेट लिए भने एक खेलाडीलाई रनआउट गरे।

तपाईको प्रतिक्रिया