बेपत्ता पत्रकार खोज्न आफैं कस्सियो महासंघ

समाधान संवाददाता २०७५ चैत १७ गते ९:२६

बेपत्ता पत्रकार तेजु खड्का

डोटी, एजेन्सी

Advertisement

बेपत्ता भएका पत्रकार तेजु खड्काको अवस्था ८ महिना पुग्दा पनि पत्ता नलागेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाले घटना अध्ययनका लागि टोली गठन गरेको छ ।

महासंघको ६४औं स्थापना दिवसका अवसरमा शाखाका अध्यक्ष योगेन्द्रबहादुर बलायरको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको हो ।

Advertisement

खड्का गत भदौ १० गते बाजुराको धार्मिक क्षेत्रको रिपोर्टिङ सकेर फर्किने क्रममा बेपत्ता भएका थिए । टोलीमा कोषाध्यक्ष अरुण बम, प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली र प्रेस सेन्टर नेपाल डोटीका कार्यवाहक अध्यक्ष कर्ण चन्द छन् ।

‘घटना बेपत्ता भएको कोणबाट मात्र अहिलेसम्म अनुसन्धान गरिएको छ,’ संयोजक बलायरले भने, ‘कतै घटनाका कारणहरू अरू पनि छन् कि भनेर हामी अध्ययन गर्नेछौं,’ टोलीलाई बेपत्ता पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटनास्थलको अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया