कालीगण्डकी लोकमार्ग कालोपत्र गरिने

रामकृष्ण लामिछाने
पर्वत
कालीगण्डकी लोकमार्गको पर्वत खण्ड कालोपत्र हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत सेतीबेनीदेखि रानीपानीसम्मको ९ किलोमिटर सडक कालोपत्र हुने भएको हो । संघीय सरकारको ४१ करोडको लागतमा उक्त सडक कालोपत्रे हुने भएको हो ।
९ किलोमिटर लामो उक्त सडक जिल्लाको बिहादी गाउँपालिकाभित्र पर्दछ । मिर्मीबाट सुरु हुने यो सडक पर्वतको अर्मादीसम्म ५५ किलोमिटर पर्वत जिल्लाभित्र पर्छ । मिर्मीदेखि मोदीबेनीसम्म सडकको सबै खण्डको ट्रयाक खोलिसकिएको छ ।
पर्वत खण्डमा ४ किमीबाहेक अन्य खण्ड पूरा भइसकेको छ । कालीगण्डकी आयोजना कार्यक्रमका प्रमुख हरिराम दीक्षितले पर्वत खण्डमा ३ वटा खोलामा पुल बन्न लागेको बताए । चिसापानीदेखि हुवास हुँदै बर्राचौर सडक प्रदेश सरकारले कालोपत्र गर्ने गरी ठेक्का आह्वान गरे पनि भुषालचौरदेखि बर्राचौर खण्ड कालोपत्रेमा छुट भएको थियो ।
भुषालचौरदेखि बर्राचौर सडक कालोपत्रेका लागि संघीय सरकारबाट ३ करोड रकम विनियोजन भएको उनले बताए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया