गुरुङ भाषाको चलचित्र वैशाख ७ देखि

समाधान संवाददाता २०७५ चैत १७ गते ११:२७

समाधान संवाददाता
पोखरा

गुरुङ भाषाको चलचित्र म्लेक्यु यही वैशाख ७ गतेदेखि पोखराको विध्यवासिनी चलचित्र घरमा रिलीज हुने भएको छ । गुरुङ संस्कृति र परंम्परासँग जोडिएको चलचित्रले गुरुङ संस्कृतिलाई देखाएको लेखक रोशन गुरुङले बताए । उनले कितावमा लेखिएको एक कथालाई चलचित्रमा उतारेको बताए । म्लेक्युको अर्थ मृत्यु भएको भन्दै मृत्युपछि पानी खुवाउने रहेको उनले बताए ।

चलचित्रमा मुख्य पात्र माओत्से गुरुङले यस भन्दा अगाडि बनेका गुरुङ भाषाको चलचित्र भन्दा फरक रहेको बताए । चलचित्र स्याङ्जा तथा आसपास क्षेत्रमा छायांकन गरिएको छ । चलचित्रमा डिभी गुरुङ, रिया गुरुङ, विरमाया गुरुङ, कमल गुरुङ, सुरेश सुनार, राजेन्द्रबहादुर थापा लगायतको अभिनय छ ।

Advertisement

चलचित्र निर्देशक जसु गुरुङले कथालाई नाटकको रुपमा सुन्नेको लागि अभिनय गरेर बनाउने योजनामा नै चलचित्र बनाएको बताइन् । चलचित्र नवलपरासी लगायतका जिल्लामा प्रदर्शन भइसकेको छ । चलचित्रको सम्पादन सन्तोष कोन्मे, संगीत धनबहादुर गुरुङ, नवराज गुरुङ, र छायांकन प्रकाश गुरुङले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया