मन्त्री रामशरण बस्नेतद्वारा राजास्वाँरा खानेपानी योजना अवलोकन

समाधान संवाददाता २०७५ चैत १७ गते १२:५६

समाधान संवाददाता
स्याङ्जा

Advertisement

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आफ्नो मन्त्रालयको लगानीमा निर्माणाधीन हिले राजास्वाँरा खानेपानी योजनाको अवलोलन गरेका छन् । आँधीखोला गाउँपालिका १ राजास्वाँरामा भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा खानेपानी योजना निर्माणधीन छ ।

पूर्वाधार मन्त्रालयको ३ करोड २९ लाखको लगानीमा निर्माणाधीन खानेपानीको मुहानमा पुगेर मन्त्री बस्नेतले योजनाको अवस्थाबारे चासो राखेका थिए । यहाँका २ मुहानबाट लिफ्टिङ प्रविधिबाट मुख्य ट्यांकीमा पानी संकलन गरी स्थानीयवासीलाई वितरणको प्रबन्ध मिलाउने तयारी गरिएको छ । मन्त्रालयले डिभिजन खानेपानी कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा कामलाई अगाडि बढाएको हो भने कामको जिम्मा स्थानीय निर्माण समितिले लिएको हो ।

Advertisement

यहाँका २ मुहानमा ५०÷५० हजार लिटर क्षमताका २ वटा ट्यांकी निर्माण गरिएका छन् । त्यहाँबाट लिफ्टिङगरी १÷१ लाख लिटर क्षमताका २ वटा मुल ट्यांकीमा पु¥याएर ३ सय ९ घरपरिवारलाई पानी वितरण गरिनेछ ।

पहिलो स्किम अन्र्तगत राजास्वाँरा चापपानी मुलबाट २ सय ५० मिटरको भर्टिकल हाइटमा निर्माण गरिएको १ लाख लिटरको मुख्य टंकीमा पानी जम्मा गर्ने तयारी गरिएको छ । पहिलो स्किमको चापापानी मुहानको ९० प्रतिशत काम सकिएको निर्माण समितिका सचिव पवनकाजी अधिकारीले बताए ।

Advertisement

पहिलो स्किम अन्र्तगतका १ सय ३ घरलाई लक्षित गरी पाइप गाडिएको र यही महिनाभित्र घर घरमा धारा जडान गरी पानी वितरण गरिने अधिकारीले बताए । यस्तै दोस्रो स्किमको राइजिङ मुहान बेजाङबाट ३ सय १० मिटरको भर्टिकल हाइटमा रहेको हिलेमा १ लाख लिटरको ट्यांकी निर्माण गरी २ सय ६ घरमा धारा जडान गरी खानेपानी वितरण गरिनेछ ।
दोस्रो स्किमको काम यसै महिनाबाट सुरु गर्ने बताउँदै सचिव अधिकारीले असार मसान्तसम्म सबै योजनाको काम सकेर गाउँमा खानेपानी समस्या अन्त्य गर्ने जनाए ।

अधिकारीले घर घरमा धारासँगै मिटर जोडेपछि लाभान्वितले बिजुलीको पैसा तिर्ने र राति मिटरबाट पानी तानेमा ५० प्रतिशत छुट हुने नियम सुनाए । २ हजार ५ सय नागरिक लाभान्वित हुने खानेपानीका आयोजनाको चापापानी मुहानबाट साढे ७ हर्सपावर र राइजिङ मुहानबाट १२ हर्स पावरको मोटरले २÷२ इन्चको पाइपबाट मुल टर्कीमा पानी तान्ने निर्माण समितिका अध्यक्ष कर्णबहादुर गुरुङ्ले जानकारी दिए ।

खानेपानी आयोजनको अवलोकन गर्दै मन्त्री बस्नेतले काम सकेको भोलिपल्टै उपभोक्ता समितिलाई रकम भुक्तानी गरिने बताए । छोटो समयमा गरेको प्रगतिको सराहना गर्दै मन्त्री बस्नेतले काम गर्नेलाई रकमको अभाव नहुने बताए । खानेपानी आयोजना पुस १५ गतेबाट निर्माण थालिएको थियो । पहिलो किस्ताको ४० लाख रकम निर्माण समितिले पाइसकेको छ ।

तपाईको प्रतिक्रिया